
बैशाख ११
भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ४५ हजार एक सय ४७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
गत २४ घण्टामा दुई हजार ६ सय २१ जनाको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या १८ लाख ९ हजारभन्दा धेरै पुगेको छ । अहिलेसम्म सङ्क्रमितको सङ्ख्या भने एक करोड ६६ लाखभन्दा धेरै पुगेको छ ।
गत २४ घण्टामा एक लाख ९२ हजारभन्दा धेरैले कोरोनालाई जितेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारतमा निको हुनेको सङ्ख्या एक करोड ८६ लाखभन्दा धेरै पुगेको छ ।
त्यस्तै, पछिल्लो तीन दिनमा भारतमा कोरोनाका १० लाखभन्दा धरै सङ्क्रमित थपिएका छन् । तीन दिनमा ६ हजारभन्दा धेरैको ज्यान गएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ लाखभन्दा धेरै पुगेको छ ।
