
बैशाख ७
भारतमा एकैदिन २ लाख ५६ हजारभन्दा धेरै कोरोना सङ्क्रमित पुष्टि भएको छ । यो एकैदिन सङ्क्रमित हुनेको संख्या अहिलेसम्मकै धेरै हो ।
त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५७ जनाभन्दा धेरैको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या १ लाख ८० हजार ५ सय ५० पुगेको छ ।
त्यस्तै कोरोना सङ्क्रमितको संख्या अस्वाभाविक रुपमा बढेसँगै भारतको केरला राज्यमा रात्रिकालीन कर्फ्यु लगाउने घोषणा भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
आज रातिदेखि लागू हुने गरेर केरला सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि रात्रिकालीन कर्फ्युको घोषणा गरेको जनाईएको छ ।

