
पूर्णपुष्टि, असार ९
कोरोना भाईरसबाट भारतमा मृत्यु हुनेको संख्या १४ हजार नाघेको छ । अहिलेसम्म भारतमा ४ लाख ४० हजार भन्दा बढीमा कोरोना संक्रमित भईसकेका छन् भने १४ हजार १५ जनाको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ ।
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९१ लाख ९२ हजार नाघेको छ । अहिलेसम्म कोरोनाबाट ४ लाख ७४ हजार भन्दा बढीको मृत्यु भएईसकेको जनाईएको छ ।
सबैभन्दा धेरै प्रभावित अमेरिकामा २३ लाख ८८ हजार भन्दा धेरै सङ्क्रमित छन् भने १ लाख २२ हजारभन्दा धेरैको मृत्यु भईसकेको छ । ब्राजिलमा ११ लाख ११ हजारभन्दा धेरै सङ्क्रमितमध्ये ५१ हजार ४ सयको मृत्यु भएको छ ।
