
पूर्णपुष्टि, जेठ ४ गते ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्ने क्रम नरोकिएकाले भारत सरकारले लकडाउनको अवधि थप दुई हप्ता लम्ब्याउने तयारी गरेको छ ।
कोरोनाको संक्रमितको संख्या बढ्ने क्रम जारी रहेकाले शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच भिडियो सम्मेलनमार्फत गरिएको छलफलबाट निकालिउको निर्णयलाई औपचारिक रूपमा घोषणा भने नगरेको संचारमाध्यमहरुले जनाएको छ ।
बैठकले लकडाउन बढाउने सहमति भएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमार्फत सार्वजनिक गरेको थियो ।
पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३१ मे सम्म लकडाउन बढाउने निर्णय गरिसकेका छन् । बाँकी राज्यले पनि मोदीलाई दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका छन् ।
