Tuesday, May 5News That Matters

भारतमा बाढीले ९५ जनको मृत्यु

साउन, २६ गते ।

वर्षापछि आएको बाढीले भारतमा करिब ९५ जनाको मृत्यु भएको छ । दक्षिणी र पश्चिमी राज्यमा आएको बाढीले लाखौँ जनधनको क्षती भएको हो ।

बाढी प्रभावित क्षेत्रबाट हजाराँैलाई स्थानान्तरण गरिएको संचारमाध्यहरुले जनाएको छ । मृत्यु हुनेमा करिब ४० जना केरला राज्यका बासिन्दा रहेको अधिकारीहरू बताएका छन् । र बाढी आउने भन्दा अग्ला स्थानमा बस्ने आग्रह गरिएको छ ।

वर्षेनी जूनदेखि सेप्टेम्बर महिनासम्म भारतमा वर्षाको प्रभाव पर्ने गर्दछ । उक्त राज्यमा करिब एक लाख जनालाई आपत्कालीन राहत र शिविरहरूमा सारिएको प्रकोप व्यवस्थापनमा खटिएका अधिकारीहरूले बताएका छन् ।

त्यस क्षेत्रमा अझै केही दिन वर्षा नरोकिने पूर्वानुमानले जनाएको छ भने सेनाले हवाईमार्गबाट खाद्य सामग्री पु¥याउने कोशिस गरिरहेको जनाएको छ ।

वर्षेनी भारतमा बाढीले सयौँको ज्यान जाने गरेको छ भने लाखौँको क्षती हुने गरको छ । कर्नाटक र महाराष्ट्र राज्यमा पनी भिषण वर्षा भईरहेको जनाएको छ ।