
पूर्णपुष्टि,पुष १२
मोरङको रंगेली–८ दर्बैसा स्थितबाट २ जना भारतिय नागरिक १७ हजार ७ सय रुपैया भारतिय नक्कली नोट सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शिवरन्जन सिंह रहेको प्रहरीले जनाएको छ ।
बिआर ३८ एन् ०२५१ नम्बरको मोटरसाईकलमा सवार मण्डल र सिंहलाइ शुक्रबार बेलुका ईलाका प्रहरी कार्यालय रंगेलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण पश्चात उनिहरु माथि चेकजाँच गर्दा भारतिय नक्कली नोट २०० दरको १७ थान र १०० दरको १४३ थान बरामद गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
यसरी नक्कली भारतिय रुपैयाँ सहित पक्राउ परेका उनिहरु माथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
