
पूर्णपुष्टि, असार २७
चितवनको भरतपुर अस्पतालमा काम गर्ने एक चिकित्सकले आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले छानविन थालेको छ ।
अस्पतालको मेडिसिन विभागमा कार्यरत डा. ऋतुराज तिवारीले नेपालमा भारतीय समाचार च्यानल बन्द भएपछि एक आपत्तिजनक भिडियो रेकर्ड गराएका थिए । उनले अश्लील शव्द प्रयोग गर्दै हिन्दी भाषामा ‘भारतले सीमा बन्द गरिदिए ‘ खान्छौ नेपाली ? तिमीहरुलाई चीनले ‘ दिन्छ की, जापानले दिन्छ ?’ भनेका छन् । सो भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ ।
आपत्तिजनक अभिव्यक्ति दिएकाले डा. तिवारीलाई चितवन प्रहरीले सोधपुछका लागि बोलाएको छ । प्रहरीले तिवारीमाथि सोधपुछ गरिने जनाएको छ । अभिव्यक्तिमाथि साइबर क्राइमको मुद्दा चल्न सक्छ । त्यो भन्दा पनि अर्को राज्य विरुद्धको अपराध हो ।
विवादास्पद छविका डा. तिवारी गत असार १ गतेबाट दैनिक ज्यालादारीमा काम गर्ने गरी भरतपुर अस्पतालमा नियुक्त भएका थिए । उनीबारे थप छानविनका लागि जिल्ला प्रशासन कार्यालयमा लेखेर पठाइने अस्पतालले जनाएको छ ।
डा. तिवारीले भारतीय दलाले बोल्ने भन्दा पनि गिरेर अभिब्यक्ति दिएको छ । कुरा चिकित्सक जस्तो ब्यक्तिले बोल्ने स्तर त्यस्तो हुँदैन ।
यसअघि पनि भरतपुर अस्पतालमा काम गरेर छाडेका डा. तिवारीले चितवन मेडिकल कलेजमा काम गरेका थिए । सो कलेजमा समेत विवादित बनेका डा. तिवारीले एमडी गरिसके पनि मेडिकल अफिसरमा काम गर्छन् ।
