
सोलुखुम्बु, साउन २५ गते ।
सोलुखुम्बुमा भालुको आक्रमणबाट एक महिला घाईते भएकी छिन् । सोलुदुधकुण्ड नगरपालिका – ३ लोदिङ निबासी ४२ वर्षीय माया शेपा घाईते भएकी हुन् ।
भालुले मकै खाएर हैरान पारेपछि बारिमा मकै रुङ्न बनाएको टहरामा बसी भालु त्रसाउन टिन बजाउने क्रममा बच्चा सहित आएको भालुले गतराती साढे ९ बजे अचानक आक्रमण गरी घाईते बनाएको प्रहरीले जनाएको छ ।
घाईते शेर्पालाई उपचारको लागि जिल्ला अस्पताल सोलुखुम्बु ल्याई थप उपचारको लागि मिसन अस्पताल सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
