Saturday, May 2News That Matters

भिरबाट लडेर एक जनाको ज्यान गयो

पूर्णपुष्टि, असार २२

ताप्लेजुङमा भिरबाट लडेर एकजनाको ज्यान गएको छ । मेरिङदेन गाँउपालिका–२ आजुङ टोल का ५२ वर्षीय खेम्जु शेर्पाको भिरबाट लडेर ज्यान गएको हो ।

हिजो राती साढे १० बजे छिमेकीको बिहेबाट घर फर्कने क्रममा सोही स्थानमा रहेको खाम्दाके भिरबाट अन्दाजी २० मिटर तल खसी घाईते भएका उनको राती ११ बजे मृत्यु भएको थियो । घटनास्थलमा प्रहरी चौकी सानथाक्रा र ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको जनाएको छ ।