Thursday, May 28News That Matters

भिरबाट लडेर १ जनाको मृत्यु

पाँथर, बैशाख ८ गते ।

पाँचथर फिदिमको असिने खोलामा लडेर एक जनाको मृत्यु भएको छ । फिदिम–३ लालिखर्क निबासी ३६ वर्षीय बोलिराज राईको लडेर मृत्यु भएको हो ।

फिदिम–७ को असिने खोला छेउको बाटो हिड्ने क्रममा एक्कासी चिप्लिएर लड्दा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।