
ओखलढुङ्गा, भदौ १९ गते ।
ओखलढुङ्गाको मानेभञ्ज्याङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ गाउँपालिका– ७ बडारे गैरी भिरबाट लडेर मानबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
गैरी भिरबाट लडेर सुनकोशी गाउँपालिका – ४ निबासी श्रेष्ठ विहान ८ बजे लडेर घाईते भएको थियो । घाईते श्रेष्ठको उपचारको लागि वीर अस्पताल काठमाण्डौामा उपचारको क्रममा विहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
