Monday, April 20News That Matters

भिरबाट लडेर १ जनाको मृत्यु

धनकुटा, मंसिर १७ गते ।

धनकुटाको महालक्ष्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–६ मुंगालीगाउँ निबासी ५२ बर्षीय लाल बहादुर कार्कीको मृत्यु भएको हो ।

आईतवार राती साँढे ७ बजे घरबाट निस्किएका कार्की सोमवार दिउँसोसम्म घर फर्किएपछी आफन्तहरुले खोजतलास गर्ने क्रममा  दिउँसो १ बजे छुम्लिङ भिर मुनी मृत अबस्थामा पेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाउनासाथ तत्काल प्रहरी घटना स्थलमा पुगी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।