Sunday, May 3News That Matters

भीरबाट लडेर एकजना महिलाको ज्यान गयो

पूर्णपुष्टि, असार २४

ओखलढङ्गामा भीरबाट लडेर एकजना महिलाको ज्यान गएको छ । खिजिदेम्बा गाँउपालिका–८ कास्पु की ४३ वर्षीया पासाङ फुरी शेर्पाको लडेर ज्यान गएको हो ।

हजो राती साढे ९ बजे छिमेकीको घरबाट फर्कने क्रममा बाटोबाट अन्दाजी १२ फिट तल झरी घाईते अबस्थामा स्थानीयले फेला पारेका थिए । उनको स्थानीयले बोकेर घर तर्फ ल्याउने क्रममा ज्यान गएको थियो ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी रावादोलु र जिल्ला प्रहरी कार्यालय ओखलढङ्गाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।