
पूर्णपुष्टि, जेठ ५ गते ।
उदयपुरको कोरोना संक्रमित क्षेत्र भुल्केका ३ सय १५ घरलाई संगम सामुदायीक पुस्तकालयले राहत वितरण गरेको छ । पुस्तालकालयको आयोजनामा रिड नेपालको सहयोग र नगरपालिकाको समन्वयमा त्रियुगा नगरपालिका–३ भुल्केका ३ सय १५ घर परिवारलाई सोमबार राहत वितरण गरेको हो ।
प्रत्येक घरलाई गहूँको पिठो ५ केजी (१ प्याकेट), चना १ केजी, मटर १ केजी, चिनी १ केजी, तेल १ पोका, नुन १ केजी, चियापत्ती २० ग्राम (१ पोका), हातधुने सावुन ३ वटा र नुहाउने सावुन १ वटा वितरण गरेको संगम सामुदायकी पुस्तकालयको अध्यक्ष भरत खड्काले बताए ।
लकडाउने निम्तिएको खाद्य संकटबाट बचाउनको निम्ति ३ लाख ३३ हजार ९ सय रुपैयाँको राहत वितरण गरेको अध्यक्ष खड्काले बताए ।

