
पूर्णपुष्टि, बैशाख ७ गते ।
भुल्केमा स्वाप नमुना संकलनका लागी काठमाण्डौबाट नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले आईपुगेको छ । प्रदेश १ का स्वास्थ्यकर्मी टोलीले स्वाप नमुना संकलन गरेर बाँकी रहेका स्थानीयबासीहरुको नेपाली सेनाका स्वास्थ्यकर्मी टोलीले स्वाप नमुना संकलन गर्न हेलिकप्टर मार्फत भुल्के आईपुगेको हो ।
काठमाण्डौबाट आएका सेनाका स्वास्थ्यकर्मी टोलीले हिजोकै ठाउँमा कोरोना परिक्षणका लागी स्वाप नमुना संकलन गर्ने भएको छ । आज करिब दुई अढाई सय जनाको स्वाप संकलन गर्ने जन स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।
खुल्ला चौरमा सामाजिक दुरी कायम गर्दै व्यावस्थित रुपमा पालैपालोले स्वाप नमुना संकलन गर्ने तयारी भईरहेको प्रमुख सुवेदीले बताए ।
शनिबार १ नं प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मीको टोलीले ६० जना स्थानीयबासीहरुको स्वव नमुना संकलन गरेको थियो ।
