Wednesday, May 13News That Matters

भुल्केमा स्थानीयकाे स्वाव नमुना संकलनमा तिब्रता, आज थप २२० जनाको लिइयाे

पूर्णपुष्टि, वैशाख २९ ।

उदयपुरको भुल्केमा आज पनि थप २ सय २० जनाको स्वाव नमुना संकलन भएको छ । ८८ पुरुष र १ सय ३२ गरी २ सय २० जनाको स्वाव नमुना संकलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जनस्वास्थ्यले हिजो ३५ जना केही कैदीसहित सुरक्षाकर्मीहरुको पनि स्वाव नमुना लिएको थियो । हिजो र आज दुबैदिनको गरी जम्मा २ सय ५५ जनाको स्वाव परिक्षणका लागि काठमाडौं पठाएको जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरबाट खटिएको स्वास्थ्यकर्मी प्राविधिक टोलीले भुल्केका स्थानीयहरुको नमुना स्वाव संकलन गरेको हो । गत वैशाख २४ गते भुल्के संक्रमित भेटिएको टोलका बासिन्दालाई गरिएको पहिलोपटकको पुन परिक्षणमा चारजना संक्रमित थपिएको थियो । त्यसपछि स्थानीयको स्वाव परिक्षणलाई तिब्रता दिइएको छ ।

भुल्केमा २८ जना संक्रमित रहेकामा पुन परिक्षणबाट ४ जना थपिएपछि हाल जम्मा ३२ जना संक्रमितको संख्या पुगेको छ । जसमा १४ जना अस्पतालमा उपचारपछि निको भएर डिस्चार्ज भईसकेका छन् । अस्पतालबाट डिस्चार्ज भएकाहरु मध्ये ५ जना भुल्के नजिकैको मोतिगडा क्वारेन्टाइनमा राखिएका छन् भने अन्य विराटनगरकै क्वारेन्टाइनमा रहेका छन् ।