
असार २१
अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले सन् २०११ मा मंगल ग्रहको एउटा तस्बिर खिचेको थियो । सोही तस्बिर नासाले गत मार्च १ तारिखमा प्रदर्शन गरेको थियो ।
मंगल ग्रहको कैद गरिएको सोही तस्बिरमा एउटा रहस्यमय प्वाल देखिएको छ । वैज्ञानिकहरूले उक्त ठाउँमा मानिस बस्नका लागि उपयुक्त हुन सक्ने जनाएका छन् ।
३५ मिटर व्यास भएको प्वालको नजिकै थुप्रै गुफाहरू पनि रहेका छन् । वैज्ञानिकहरूले अहिले यही तस्बिरको बारेमा अध्ययन अनुसन्धान गरिरहेका छन् ।
अध्ययनका लागि नासाले ‘आर्बिटर’ नामको एउटा रोबोट पठाएको छ । रोबोटले मंगल ग्रहको तस्बिर खिच्दै पठाइरहेको छ । यो तस्बिर पनि ‘आर्बिटर’ ले खिचेर पठाएको हो । तस्बिरमा देखिएको प्वालको विषयमा नासाले छलफल गरेपछि गुफा लगभग २० मिटर गहिरो रहेको पनि पत्ता लागेको छ ।
मंगल ग्रहमा देखिएको प्वालको वरिपरि थुप्रै सुरक्षित खालका गुफाहरू पत्ता लागेका छन् । जसका लम्बाइ ३५ मिटर र गहिराइ २० मिटरसम्म हुन सक्ने अनुमान गरिएको छ ।
