Wednesday, May 6News That Matters

मंसिर २८ र २९ मा प्रेस युनियनको महाधिवेशन

भदौ ११ गते ।

नेपाल प्रेस युनियनको महाधिवेशन आगामी मंसिर २८ र २९ गते हुने भएको छ । कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको महाधिवेशन काठमाण्डौमा हुने भएको हो ।

पदाधिकारीहरुको बैठले जिल्ला अधिवेशन भदौ महिनाभित्र सक्ने र मंसिर अन्तिममा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको प्रेस युनियनले जनाएको छ । नेपाल प्रेस युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको थियो ।