Monday, June 29News That Matters

मजदुरमाथी गाडी गुड्दा १५ जनाको मृत्यु

पूर्णपुष्टि, माघ ६

सुतिरहेको मजदुरमाथी ट्रक गुड्दा १५ जनाको मृत्यु भएको छ । यसरी मजदुरमाथी गाडी गुड्दा १३ जना मजदुरको घटना स्थलमै मृत्यु भएका थिए भने २ जनाको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुरत पुलिसका अनुसार चालकले नियन्त्रण गुमाउँदा सोमबार राति यो घटना भएको हो । उखु लोड गरेको ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र पुटपाथमा सुतिरहेका मजदुरहरुलाई कुल्चिएको प्रहरीको भनाइ छ । ट्रकको ठक्करबाट सडक किनारका केही पसलका सटर पनि भत्किएका छन् ।

गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो ।