
पूर्णपुष्टि, चैत ५
सरकारले मरिच, केराउ, छोकडा र सुपारीमा लगाएको पूर्ण आयात बन्देज हटाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा गत फागुन २५ गते बसेको बैठकले पूर्ण बन्देजलाई हटाई परिमाणात्मक बन्देज लगाएको जनाएको छ ।
परिमाणत्मक बन्देज कति लाग्यो भन्ने जानकारी अहिल्यै भन्न नमिल्ने छ । परिमाणात्मक बन्देज बारेको सूचना राजपत्रमा निष्कासनको तयारी भइरहेको जनाईएको छ ।
कोरोना महामारीले देशव्यापी लकडाउन सुरु भएपछि सरकारले धेरै आयात हुने अतिआवश्यक बाहेकको वस्तुहरु मदिरा, मरिच, केराउ, छोकडा र सुपारी लगायतको आयातमा पूर्ण बन्देज लगाएको थियो । यस अघि औद्योगिक प्रयोजनकालागि कोटा प्रणालीमा मरिच आयात गर्न दिइए पनि नधुल्याइएको मरिच, केराउ, छोकडा र सुपारीमा प्रतिबन्ध कायमै थियो ।
गत असोजमा मन्त्रालयले चालु आर्थिक वर्षमा १५ हजार मेट्रिकटन सुपारी, पाँच हजार मेट्रिकटन छोकडा र १५ हजार मेट्रिकटन दाना मरिच मात्रै ल्याउन पाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।
