Thursday, May 21News That Matters

मलामीबाट फर्केर पोखरीमा नुहानउन पस्दा बेपत्ता भएका पुरुषको शव फेला

पूर्णपुष्टि, भदौ १८

मलामीबाट फर्किएर पोखरीमा नुहाउन पस्दा बेपत्ता भएका एक जना पुरुषको शव आज फेला परेको छ । महोत्तरी वडा नंम्बर ७ मा रहेको जनता माध्यमिक विद्यालय सुन्दरपुरको पोखरीमा डुबेर बेपत्ता भएका ५० वर्षीय उपेन्द्र बैठाको शव फेला परेको हो ।

बैठा मलामीबाट फर्किएपछि हिजो बेलुका नुहाउने क्रममा पोखरीमा बेपत्ता भएका थिए । हिजो बेलुकादेखि नै स्थानीय र प्रहरीले उनको खोजिगरिरहेका थिए ।

बैठाको शवलाई मुचुल्का गरी पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।