Tuesday, July 7News That Matters

मलेसियामा बन्धक बनाइएका १३ मध्ये ६ जना नेपाली आज स्वदेश फर्किँदै

पूर्णपुष्टि, पुष २६ । मलेसियामा बन्धक बनाइएको १३ नेपाली नागरिकाको उद्धार गरि नेपाल ल्याउन लागिएको छ । मंलवार नेपाली दूतावसले १३ मध्य ६ जनालाई उद्धार गरि स्वदेश फर्काउन लागेको हो । बाँकी ७ जना शुक्रबार फर्किने छन्।

मलेसियाको पीआरएस फरेस्ट म्यानेजमेन्ट नामक कम्पनीमा कार्यरत उनीहरुलाई विगत एकसातादेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएको थियो। समाचार बाहिरिएपछि हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरुको अवस्था बुझि तत्काल रिहाइ तथा उद्दारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए।

दूतावासका अनुसार उद्धारपछि हाल उनीहरुलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ।