Saturday, June 6News That Matters

महासंघको बन्दमा सार्वजनिक बस संचालन

पूर्णपुष्टि, कात्तिक २३

प्रदेश १ मा आहृवान गरिएको सार्वजनिक यातायात बन्दको घोषणा व्यवसायीले उल्लङघन गरको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, प्रदेश १ ले गरेको बन्दमा व्यवसायीले यातायात सञ्चालन गरेको हो ।
प्रदेश सरकारसँग राहत माग गर्दै आजदेखि महासंघले अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो । तर सार्वजनिक यातायात व्यवसायी महासंघको बन्दमा नेपाल यातायात व्यवसायी महासंघले सहमति जनाएको थिएन् ।

आज निर्वाधरुपमा सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन् । लामो समयको बन्दपछि खुलेको सार्वजनिक यातायात बन्द गर्नुपर्ने अवस्था नरहेको नेपाल यातायात व्यवसायी महासंघले जनाएको छ ।

बन्दका बारेमा महासंघलाई कुनै जानकारी नभएको जनाएको छ । लामो सयमसम्म बन्दपछि बल्ल खुलेको सवारी साधन बन्दका नाममा जनतालाई दुःख दिन नमिल्ने जनाएको छ ।
प्रदेश सरकारले राहत नदिएको विरोधमा सार्वजनिक यातायात केन्द्रीय महासंघ प्रदेश १ ले आजदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको महासंघले जनाएको छ ।

लकडाउन अवधिको सवारी करमा पूर्ण छुट दिनुपर्ने, बैंकको व्याजमा सहुलियित दिनुपर्ने, कात्तिक मसान्तपछि सवारी करमा विलम्ब शुल्क लाग्ने निर्णय खारेज गर्नुपर्ने मागसहित बन्द आहृवान गरिएको महासंघले जनाएको छ ।