Tuesday, July 7News That Matters

महिला जागरण बहुउद्देशीय सहकारीको तेश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा लक्ष्मी बन्जरा

पूर्णपुष्टि,पुष १६ । चौदण्डीगढि नगरपालिका वडा नं। १०, हडियामा अवथित महिला जागरण बहुउद्देशीय सहकारी संस्था लिमिटेडले आफ्नो १०औँ साधारण सभा तथा तेश्रो अधिबेशन सम्पन्न गरेको छ । संस्थाले शुक्रबार एक कार्यक्रमको आयोजगा गर्दै महिलाहरुको हक हित र उत्थनकालागी उक्त संस्था २०६९ सालमा दर्ता गराइ तत्कानिल हडिया गा.बि.स कार्यक्षेत्रमा रहि आफ्नो गतिबिधि सुरु गरेको संस्थले गनाएको छ ।

सहकारीमा शेयर सदस्या २१९ जना रहेको छ भने कुल शेयर पूँजी २१ लाख ६९ हजार रहेको छ । यता कूल निक्षेप १५ लाख ७१ हजार २०७ रुपैया रहेको छ भने कूल लगानी २२ लाख २१ हजार ५२६ रुपैया रहेको संस्थाले जनाएको छ । संस्थाले १०औं साधारण सभा आगामी निती तथा कार्यक्रम वार्षिक लेखापरीक्षण सार्वजनिक गरेको थियो । तेश्रो अधिबेशनले पुनः लक्ष्मी बन्जाराको अध्यक्षतामा सर्वसहमतरुपमा १३ सदस्य संचालक समिती गठन गरेको हो ।

साधारण सथा अन्तरगत संचालक समितीका उपाध्यक्षमा रेखा चौधरी, सचिवमा अमृता खड्का, कोषाध्यक्षमा कृष्णा बस्नेत, सहसचिवमा उर्मिला खड्कालाई चयन गरेको छ । भने सदस्यहरुमा वालकुमारी बस्नेत, शिव कुमारी खत्री, दिल कुमारी चौधरी, उषा मगर, शारदा राउत, गोमा भट्टराई, शान्ता बस्नेत र जमुना खड्का मनोनित हुनु भएको छ। संस्था ब्यबस्थापकमा चन्द्रीका खड्कालाई चयन गरिएको छ । अधिबेशन कार्यक्रममा नगर प्रमुख कालुमाना लामा, उप–प्रमुख मणिकादेवी ढुलाल, वडा १० का अध्यक्ष धर्मराज खड्का लागाएत अन्या बिभिन्न सहरकारी संस्थामा अवद्द प्रमुखहरुको उपस्थितमा अधिबेशन सम्पन्न भएको थियो ।