पूर्णपुष्टि,माघ ५ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन माघ ७ गते शनिवार हुने भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपटि शमशेर जबराले शनिवार दिउँसो १ बजे देखि प्रतिनिधि सभा बैठक बस्ने र उपसभामुख चयन गर्ने बताएको हो ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकले नेकपा एमालेका सांसद देवराज घिमिरेलाई सभामुख चयन गरेको छ। नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने भने पराजित भइन् ।
उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ । सचिवालयलाई उक्त निर्वाचनसम्बन्धी सूचना आजै जारी गर्न बैठकले निर्देशन गरेको छ ।
