
मोरङ, फाल्गुन १८ गते ।
पैनीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर राजु विकको मृत्यु भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–४ निबासी ४० बर्षीय विकको शनिबार दिउँसो करिब ४ बजे मृत्यु भएको हो ।
घर नजिकै रहेको पैनीमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफ्नै शरिरमा करेन्ट लाग्दा घाईते भएका विकको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुस् ।
ब्राउन सुगरसहित मोरङको सुन्दरहरैचाबाट दुई जना पक्राउ परेका छन् । लागुऔषध ब्राउन सुगरसहित सुन्दर हरैचा नगरपालिका–९ बाट रेककुमारी मगर र सफुदिन आलम पक्राउ परेका हुन् ।
स्थानीय १९ वर्षीया मगरको घरमा ब्राउन सुगर राखेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटेका प्रहरी टोलीले मगर र २७ बर्षीय आलमको साथबाट ३ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
