Friday, May 22News That Matters

अनलाईन वक्तृत्वकला प्रतियोगीतामा बिलम प्रथम

पूर्णपुष्टि, भदौ १८ 

किरात राई विद्यार्थी संघ (किरावि) ले आयोजना गरेको ‘अनलाइन वक्तृत्वकला’ प्रतियोगिमा धरानकी बिलम  राई प्रथम भएकी छन् । किराविको २२ औं स्थापना दिवसको अवसरमा आयोजित ‘मातृभाषामा शिक्षा’ विषयक ‘अनलाइन वक्तृत्वकला’ प्रतियोगितामा अन्य सहभागिहरुलाई पछि पार्दै विलमले प्रथम स्थान हाँसिल गरेकी हुन् ।

प्रतियोगितामा त्रिभुवन विश्ववि विद्यालयमा अध्यायनरत काठमाडौंकी अनिता माझी द्वितिय र सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिकाका छिरिङ शेर्पाले तृतिय स्थान हाँसिल गरेका छन् । त्यस्तै मोरङ रत्नमाईका सृजन विष्ट, जनता बहुमुखी क्याम्पसमा अध्यायनरत सन्जिता राई र त्रिभुवन विश्ववि विद्यालयमा अध्यायनरत संखुवासभा खादबारीका दिवस राई सान्त्वना भएका छन् ।

प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने २ जनालाई नगद ३०, २०, १० र ५÷५ हजारसहित प्रमाणपत्र पाएका छन् ।

प्रतियोगितामा श्री विरेन्द्र मावि मुग्लिमा अध्यनरत थुलुङ दुधकोशी नगरपालिकाकी दिब्या राई र  पाँचथर मिक्लाजुङ गाउँपालिकाका उत्तम लावती लिम्बू प्रोत्साहित बनेका छन् ।

कोरानाको महामारीका कारण किरावीको स्थापना दिवसको अवसरमा अनलाइन वक्तृत्कला प्रतियोगिता गरेको थियो । अनलाइन वक्तृत्कला प्रतियोगितासँगै संघले यसपल्टको स्थापना दिवसमा भर्चुयल कार्यक्रम गरी मनाएको छ ।