पूर्णपुष्टि, असोज ३०
मानसिक स्वास्थ्य सवलम्वन समूह संञ्जाल उदयपुरले आफ्नो दोस्रो साधारण सभा सँगै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवस अब्टोवर १०
२०२२ को अवसरमा आईतबार राधाकृष्ण मन्दिरको जेष्ठ नागरिकको कार्यालयमा अन्तरक्रिया सँगै संस्थाको दोस्रो साधारण सभा समेत गरेको हो । बिभिन्न सम्वन्धीत सरकारी संस्था तथा गैरसरकारी संस्थाहरुको उपस्थितिमा अन्तरक्रिया गरेको संञ्जालकी अध्यक्ष उमा कुमारी तामाङ्ले बताईन् ।

तामाङ्का अनुसार यस संञ्जालले बिषेशगरी मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुलाई परामर्श, औषधी उपचार, बिरामीहरुको तथ्याङक संकलन र अपाकङगताहरुलाई समते समेटेर विरामीहरुलाई निरोगी बनाउने काम गर्ने बताईन् । यो संस्था जिल्लाको ५ पालिकाहरुमा छरिएर काम गरिरहेको छ । त्रियुगा, कटारी, बेलका, चौदण्डी र उदयपुरगढी गरी ५ पालिकाहरुमा यस संञ्जालले काम गरिरहेको अध्यक्ष तामाङले बताईन् । संञ्जालले संस्थाको दोस्रो साधारण सभामा बिभिन्न कार्यहरुको प्रतिवेदन समेत प्रस्तुत गरेको छ । संञ्जालकी अध्यक्ष तामाङले संस्थाको काम कार्वाही सम्बन्धि प्रतिवेदन प्रस्तुत गरे पश्चात कार्यक्रम अन्तरक्रियामा जोडिएको थियो ।

अन्तरक्रिया स्थानीय सरकार, प्रशासन, सुरक्षाकर्मी, सिएमसी नेपाल, स्वास्थ्य क्षेत्र, संञ्चारकर्मी र संञ्जाल संस्थापकहरुका उपस्थितिमा भएको थियो । गाउँ समाजमा मानसिक रोगलाई कसरी नियन्त्रण गर्ने र रोगीहरुलाई कसरी उपचारमा सहज सँगै रोगबाट बचाउने भन्ने सम्वन्धमा अन्तरक्रिया भएको हो । यसका लागि सम्वन्धित सबैको भुमिका कस्तो रहने भन्ने बिषयमा केन्द्रीत रहेर छलफल भएको थियो ।यस संस्थालाई सिएमसी नेपालले सहयोग र समन्वय गरेको छ । सिएमसीले संञ्जाललाई परामर्श र बिभिन्न कार्यक्रमहरुमा सहयोग गर्दै आएको छ । सिएमसी आफै पनि बिषेशगरी मानसिक रोगीहरुलाई काउन्सलर गर्ने भएकाले संञ्जार सँग जोडिएर काम गर्ने र सहजीकरण गर्ने गरेको हो । कार्यक्रममा सिएमसीकी दुई परामर्शकताई (काउन्सुलर) एल्सोदा राई र रन्जना ताजपुरीया समेत उपस्थिति रहिन् ।
