
आशिष वस्नेत
कटारी, पुस २५ गते ।
उदयपुरको पश्चिमी पालिका कटारीका मावि कालिखोलाको ४२ औँ वार्षीक उत्सव सम्पन्न भएको छ । ‘गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराको साथ कटारी नगरपालिका–२ को मावि कालिखोलाको तीन दिने वार्षीक उत्वस शुक्रबार सम्पन्न भएको हो ।
वार्षीक उत्सवको अवसरमा माविले भलिबल, चित्रकला, दौड, हाजरी जवाफ प्रतियोगीताको आयोजना गरेको थियो । प्रतियोगीतामा १० वटा विद्यालयहरुले विभिन्न विधाका सहभागिता जनाएको माविले जनाएको छ ।
चित्रकला प्रतियोगीतामा मावि कालिखोलाका लिल बहादुर आले प्रथम भएको थियो भने द्धतिय त्रिवेणी माविका बलराम तामाङ्ग र तेस्रो जनता मावि गरासका राजु मगर भएको थियो ।
दौड तर्फको छात्रामा पंञ्चावती माविकी गंगाकुमारी सुनुवार प्रथम, त्रिवेणी माविकी विनिता दाहाल दोस्रो र जनता माविकी संञ्जु विकले स्थान हात पारेकी थिईन् । त्यस्तै छात्र तर्पm मावि कालिखोलाका रविन आले प्रथम, सरस्वती मावि हडैयाका श्रवण सुनुवार दोस्रो, पंञ्चावती मावि खसिवासीका उत्तम अधिकारी तेस्रो हुन सफल भएको आयोजकले जनाएको छ ।
त्यस्तै हाजिरी जवाफ प्रतियोगीता तर्पm मावि कालिखोला प्रथम, जनता मावि दोस्रो, पंञ्चावती मावि तेस्रो भएका छन् । त्यस्तै भलिबल प्रतियोगिता तर्पm मरुवा मावि प्रथम र मावि गुराँसे दोस्रो भएको आयोजकले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नबराज पोखरेको सभापत्विमा प्रमुख अतिथि कटारी नगरपालिकाकी उप–मेयर भिमकुमारी राउत, विशेष अथिति नेकपाका जिल्ला अध्यक्ष विनोद कटुवाल, शिक्षा विकास समन्वय ईकाई उदयपुरका प्रमुख केदारकुमार गिरी तथा अन्य अतिथिहरुको आतिथ्यता रहेको थियो ।
