
पूर्णपुष्टि, बैशाख २३
माहामारीको फाईदा लुड्दै चर्को भारा असुल्ने एक व्यक्ति काठमाण्डौँ बाट पक्राउ पुरेको छ । यो बेला एक आपसमा सहयोग र सुरक्षाको भावनाले आफ्नो कर्तव्यर जिम्मेवारी पुरा गर्नु पर्ने अवस्थामा चर्को भारा असुली अपराध गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
स्याङ्जा चापकोट घर भई काठमाडौं मित्रनगर बस्ने ३० वर्षीय मिलन सारूलाई चर्को भारा असुलीको आरोपमा गोंगबु बसपार्क बाट पक्राउ गरेको माहाशाखा प्रमुख प्रहरी बरिष्ट उपरिक्षक जनक भट्टराईले बताउनुभयो । भट्राईका अनुसार उनि बाग्लुङ भगवती काउन्टरका कर्मचारी समेत हुन् ।
उनलाई महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए ।
महाशाखाले कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न लगाइएको निषेधाज्ञाको समयमा मौकाको फाइदा उठाएर ठगी गर्न सक्ने भन्दै सादा पोशाकको टोली खटाएको हो ।
एसएसपी भट्टराईका अनुसार काठमाडौंदेखि बाग्लुङसम्म जाने नियमित भाडा नौ सय भएकोमा सारूले तीन हजारदेखि चार हजारसम्म लिएका थिए ।
सारूले वैदेशिक रोजगारबाट घर फर्किन लागेका १० जना यात्रुबाट चर्को भाडा लिएको भन्ने उजुरी परेको थियो ।
पक्राउ परेका मिलन सारूलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाइएको छ ।
