
पूर्णपुष्टि, माघ १२ ।
१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईकाे हिजाे भएकाे विवाह चर्चामा रह्याे । पदिय हिसावले प्रदेशकाे एक उच्चओहदाकाे व्यक्तित्वका कारण चर्चा स्वभाविक हाे । त्यसका पनि विवाह जस्ताे जिवनकाे महत्वपूर्ण र पवित्र बन्धन भएकाले चर्चा अझ हुने नै भयाे ।
उहाँकाे व्यक्तित्वसंग जाेडेर नकारात्मक ढंगले एक युवतीले सामाजिक सञ्जाल र केहि मिडियामा हाे हल्ला मच्चाए पनि त्यसले वहाँकाे नयाँ बैवाहिक सम्बन्धलाई टुटाउन सकेन । आधारहिन हल्लाकाे कारण वहाँकाे सम्बन्धमा असर नपरेकाे हाे । राजनितिक जिवनमा खुट्टा तान्ने, उचाल्ने पछार्ने दाउबाजीहरु धेरै हुन्छन् र विशेषगरि कट्टुविपक्षले गर्छन् । उहाँकाे जिवनमा पनि यसै भएकाे बुझिन्छ । यस्ले उहाँमाथि केहि टिकाटिप्पणी भएपनि राजनितिक जिवन र नयाँ वैवाहिक जिवनमा असर परेन । उहाँकाे राजनितिक र वैवाहिक जीवन दुबैकाे शुभकामना !
अव, उहाँकाे वैवाहिक कर्मकाण्डमा प्रयाेग भएका पाेशाककाे पनि चर्चा भयाे । किराँत राई संस्कार अनुरुप भएकाे उहाँकाे विवाहमा खाँडीकाे दाैरा-सुरुवाल र पटुकीमा ठाटिनुभयाे । बेहुली शेर्पा समुदायकी भएपनि किराँतनी भेषमा नै सजिनुभयाे । मखमली चाेली र रेशमी बुट्टेसारीमा । गरगहना उसै पाराकाे पहिरिनुभयाे । किराँती बेहुलाबेहुलीकाे त्याे भेषमा उहाँहरुमा सुम्निमा-पारुहाङकाे स्वरुप झल्किन्थ्याे ।
प्राथमिकतामा किराँती पहिरण नै रहेपनि उहाँहरु शेर्पा पहिरणमा पनि ठाटिनु भयाे । शेर्पा पहिरणले पनि अैाधी सुहाएकाे थियाे । उहाँहरुकाे विवाह र पहिरण अन्तरजातिय विवाहकाे सम्मान पनि हाे । सायद् उहाँले क्षत्रि, वाम्ह्रण समुदायकाे बधु विवाह गर्नु भएकाे भए शेर्पाकाे पहिरण जस्तै हिन्दु संस्कार अनुरुपकाे पहिरण पनि लगाउनुहुन्थ्याे । 
विवाहकै सिलसिलामा उहाँहरु उच्च खानदानी पहिरणमा पनि ठाटिनु भयाे । नयाँ विवाहित जाेडी ज्यादै सुन्दर जाेडीकाे रुपमा देखियाे ।
मुख्यमन्त्री राई आफैमा राजनीतिक उचाईका साथ मुख्यमन्त्री जस्ताे गरिमामय पदमा पदासिन, बेहुली मिस मङ्गोल २०१८ की विजेता जाङ्मु इन शेर्पा हुनुहुन्छ ।
उहाँकाे विवाह काठमाडाैकाे बालुवाटारस्थित एलिश रिसेप्सन्समा आईतवार सम्पन्न भएकाे हाे ।
