
सोलु, भाद्र २३
सोलुखुम्बुको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने एक जना मुर्तीसहित पक्राउ परेको छ । दुधकुण्ड–८ चागेस्थान स्थितमा रहेको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने स्थानीय ३५ बर्षीय रमेश मगर पक्राउ परेको हो ।
हिजो दिउसो साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मुर्ती हराएपछी मन्दिरका समितिले खोजतलास गर्दा फेला नपरेपछी राती पौने ११ बजे जिल्ला प्रहरी कार्यालय सोलुमा जानकारी गराएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनसाथ खोजतलासमा खटिएको प्रहरी टोलीले मगरलाई छिमेकी जिल्ला ओखलढुंगाको सिद्धिचरण–११ को एक होटलबाट चोरी गरेको मुर्ती सहित पक्राउ गरेको जिप्रका सोलुले जनाएको छ ।
पक्राउ परेकामाथी थप अनुसन्धान भईरहेको जिप्रका सोलुले जनाएको छ ।

