
मोरङ, फागुन २६ गते ।
मोरङको बेलबारीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका– ९ मा मोटरसाईकल दुर्घटना हुदा चालक तेजबहादुर धिमालको मृत्यु भएको हो ।
नलवारी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ८ प ५२२८ नम्बरको मोटरसाईकल हिजोराती साँढे ८ बजे आफै अनियन्त्रीत भई दुर्घटना हुँदा उक्त मोटरसाईकलको चालक बेनपा–१० निबासी २८ बर्षीय धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका धिमालको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
यो पनि पढ्नुस् ।
सुनसरीको ईनरुवामा ट्याङकरबो ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । ईनरुवा नगरपालिका–६ घोपाली टोलमा तेल बोकेको ट्याङ्करले ठक्कर दिदा पैदलयात्री मोनीमाया गिरीको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ७१८१ नम्बरको ट्याङ्करले हिजो साँझ सवा ५ बजे स्थानीय ४८ वर्षीया गिरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्याङ्करको ठक्करबाट घाईते भएकी गिरीको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बेलुका सवा ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ठक्कर दिने ट्याङकर र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
