Wednesday, May 6News That Matters

मेट्रो रेलमा चिन र भारतको प्रतिस्पर्धा

भदौ ३ गते ।

उपत्यकामा मेट्रो रेल निर्माण गर्न विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) का लागि चिन र भारतको प्रतिस्पर्धा सुरु भएको छ ।

आगामी लगानी बोर्डको बैठकमा दुईवटा कम्पनीको प्रस्ताव मूल्यांकन प्रतिवेदन पेस गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।

चारवटा प्रस्ताव मध्ये दुईवटाको मुल्यांकन गर्दा उपयोगी देखिएकाले मुल्यांकन प्रतिवेदन बोर्डमा पेश गर्ने तयारी भएको लगानी बोर्डले जनाएको छ ।

डिपीआरका लागि चीनको संयुक्त कम्पनी चाइना रेलवे सियुवान सर्भे एन्ड डिजाइन ग्रूप र राइट्स–रेल इन्डिया टेक्निकल एनड सर्भिसेज कम्पनी लिमिटेडबीच तीब्र प्रतिस्पर्धा चलिरहेको छ ।

यो समाचार आजको अन्नपूर्ण दैनिकमा छापिएको हो ।