Thursday, May 21News That Matters

मेयर श्रेष्ठद्धरा सरस्वती मन्दिरको उद्घाटन

आशिष वस्नेत 
कटारी/माघ १६ गते ।  

कटारीको श्री चुरिया आधारभूत विद्यालयमा निर्माण भएको सरस्वती मन्दिर नगरका मयेर ज्ञानेन्द्र श्रेष्ठले उद्घाटन गर्नु भएको छ । कटारी नगरपालिका–३ च्याँगाको विद्यालयको प्राङग्गमा निर्माण भएको मन्दिर सरस्वती पुजाको अवसरमा मयेर श्रेष्ठले उद्घाटन गर्नु भएको हो ।

वडा कार्यालयको ३ लाख  रुपैयाँ आर्थीक सहयोगमा करिब १५ हजार बराबरको जनश्रमदानबाट मन्दिर निर्माण भएको थियो ।

मन्दिरको उदघाटन गर्दै मयेर श्रेष्ठले सार्वजनिक स्थलको संरक्षण गर्ने दायित्व नगरको पनि रहेको बताउनु भएको छ । च्याँगा गाउँमा कालोपत्रे सडक निर्माण हुन्छ । वडाको भित्रि सडकमध्ये च्याँगामा सडक कालोपत्रे गर्ने मेयर श्रेष्ठले बताउनुभयो । पुरानो भएको विद्यालयको जस्ता फेर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

नमुना विद्यालय घोषणा गर्ने प्रकृया अघि बढेको छ । नमुना विद्यायले घोषणा गरेर मात्रै नहुने र त्यसका लागि शैक्षिक गुणस्तर वृद्धि गर्न आवश्यक रहेको कनपा–३ का वडाध्यक्ष रामबहादुर पोखरेलले बताउनुभयो ।

विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा जोड दिंदै यसका लागि कर्मचारी तथा जनप्रतिनिधि जिम्मेवार हुनुपर्ने पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु मगरले बताउनुभयो ।