Tuesday, April 21News That Matters

मोटरसाइकलमाथि शव फेला, ट्रक चालक पक्राउ

पूर्णपुष्टि, साउन ११

मोरङमा मोटरसाइकलमाथि एक वृद्धको शव फेला परेको थियो । विराटनगर महानगरपालिका–५ बिजुली अफिस अगाडी मृत भेटिएका वुद्धलाई ठक्कर दिएको आरोपमा प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार साउन ४ गते राति साढे ८ बजे कोसी राजमार्गको विजुली अफिस खण्ड नजिकै ४ प २३१६ नम्बरको मोटरसाइकलमाथि विराटनगर–५ का ६७ वर्षीय सुदर्शन न्यौपाने मृत भेटिएका थिए । ठक्कर दिएको आरोपमा को १ क १३३३ नम्बरको ट्रक र चालक सुनसरी धरान उपमहानगरपालिका–२० देवीगाउँका २८ वर्षीय रामशरण राईलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताउनुभयो । पक्राउ परेका चालकमाथि आइतबार सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको डीएसपी श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेका ट्रक चालकले दुर्घटनापछि घाइते अवस्थामा रहेका वृद्धले ठीक छु भनेपछि आफ्नो गन्तब्यमा गएको बयान दिएको उहाँल बताउनुभयो ।