
सुनसरी, चैत्र १७
सुनसरी दुहबीमा मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुहवी नगरपालिका –१० नहरचौकमा मोटरसाईकल एकआपसमा ठोक्किदा गढि गाऊपालिका–२ सखुवारे कलरुवा बस्ने ३२ बर्षीय संजय चौधरीको मृत्यु भएको हो ।
सोमबार दिउसो पौने २ बजे को ९ प ७००० नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको को४प ६११२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा को४प ६११२ नम्बरको मोटरसाईकल चालक रहेका चौधरी गम्भिर घाईते भएको थियो । उनको बिराट टिचिङ अस्पताल पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्का मोटरसाईकल चालक मोरङ झोराहाट नयाबजार बस्ने १८ बर्षीय निकेश बजारु समेत घाईते भएको छ । उनको जीवन ज्योति अस्पताल दुहबीमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।
