Thursday, May 21News That Matters

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

सुनसरी, माघ १६ गते । 

सुनसरीको ईटहरीमा मोटरसाईकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ । ईटहरी–१७ मा मोटरसाईकल दुर्घटना हुदा चालक कौशल राईको मृत्यु भएको हो ।

विहिबार विहान पौने २ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको वान टेष्ट मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा चालक भोजपुरको पात्लेपानी गाउँपालिका–५ निबासी २० वर्षीय राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएको राईको उपचारको लागि विराटनगरको नरसिङ्होममा उपचारको क्रममा विहान सवा ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।