Sunday, June 28News That Matters

मोटरसाईकल बसमा ठोकिदा १ जनाको मृत्यु

मोरङ, चैत्र १३

मोरङको सुन्दरहरैचामा बसमा मोटरसाईकल ठोकिदा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–६ मा आज दिउँसो साँढे १ बजे बसमा मोटरसाईकल ठोकिदा एक जनाको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०८ नम्बरको बसलाई सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५६१ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक बिराटनगर महानगरपालिका–३ का २० बर्षीय अजय सहनीको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।