Tuesday, April 21News That Matters

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्णपुष्टि, मंसिर २१

झापा सिबसताक्षी(८ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसताक्षी(११ का ३२ बर्षीय रमेश बिष्ट रहेका छन ।

शनिवार राती सवा ९ बजे को २ प ६९७० नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका बिष्टलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए ।

गम्भिर घाईते भएका बिष्टको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने मोटरसाईकल र चालक  शिबसताक्षी(७ बस्ने सन्तोष बेगा नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।