Monday, July 13News That Matters

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरी, फाल्गुन २७ गते ।

सुनसरीको भोक्राहा नरसिंहमा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका–२ को भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट झबर मेहेताको मृत्यु भएको हो ।

उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १२ प ४२० नम्बरको मोटरसाईकलले हिजो दिउँसो साँढे ३ बजे ठक्कर दिदा स्थानीय ६० वर्षीय मेहेता घाईते भएको थियो । घाईते मेहेताको ईनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाईकल र चालक प्रहरी चौकी भोक्राहाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।