Saturday, May 30News That Matters

मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्रीको ज्यान गयो

पूर्णपुष्टि, कार्तिक ७
मोरङमा मोटरसाईकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको ज्यान गएको छ । जिल्लाको लेटाङ नगरपालिका–९ मा आज बिहान साँढे ९ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ८ प १९२६ नम्बरको मोटरसाईकलले स्थानीय ५० वर्षीया अम्बिका ढकाललाई ठक्कर दिँदा उनको ज्यान गएको हो ।
प्रहरीकाअनुसार मोटरसाईकलले ढकाललाई ठक्कर दिँदा उनी गम्भिर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा बिराटनगरको न्यरो अस्पतालमा ज्यान गएको ईलाका प्रहरी कार्यलय लेटाङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।