
पूर्णपुष्टि, चैत २०
मोरङमा १२ वर्षीया एक बालिकालाई जवर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–७ की बालिकालाई करणी गरेको आरोपमा तेह्रथुमको मेन्छायम गाउँपालिका घर भइ मोरङको सुन्दरहरैचामा बस्दै आएका २५ वर्षीय गोबिन्द हिङमाङलाई पक्राउ गरेको हो ।
फेसबुकमार्फत चिनजान भएकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले हिङमाङलाई पक्राउ गरेको हो ।
हिङमाङमाथि सामाजिक सञ्जाल फेसबुकमार्फत नजिक भएको र होलीको दिन उर्लाबारीमा करणी गरेको आरोप छ । पिडित पक्षबाट बलात्कार आरोपमा प्रहरी कार्यालयमा जाहेरी परेपछि हिङमाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले बताउनुभयो ।
फेसबुकमार्फत नजिकिएर करणी गरेको जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । हिङमाङ विरुद्ध ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको राईले डिएसपी बताउनुभयो ।
प्रहरीका अनुसार सोमबार होलीको दिन उर्लाबारीमा भेट भएपछि युवकले ललाईफकाई करणी गरेको प्रहरीको दाबी छ ।
