Saturday, May 16News That Matters

मोवाईल र टप चोर्ने चोर पक्राउ

उदयपुर, फागुन ४ गते । 

उदयपुरमा तीन जान चोर रङ्गेहात पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–३ ठाडी मुसहरी टोली निबासी मिनबहादुर ठकुरीको घरबाट चोरेर भागेका मोवाईल र सनुको टपसहित पक्राउ परेका हुन् ।

त्रिनपा–३ मोतिगडा ठाडी निबासी २५ वर्षीय धिरज पाण्डे, २४ वर्षीय अरविन्द चौधरी र त्रिनपा–११ निबासी १९ वर्षीय गणपत भन्ने अम्बर विक रङ्ेहात पक्राउ परेको प्रहरीले जनाएको छ ।

पाण्डेको साथबाट महिलाने लगाउने एक थान टप, चौधरीको साथबाट माईक्रोम्याक्स मोवाई सेट एक थान बरामद गरेको प्रहरीले जनाएको छ ।