Saturday, July 11News That Matters

मौसम पूर्वानुमान : वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली

पुर्णपुष्टि, पुष ७ । आज प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज देशको पूर्वी हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।

प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने छ। बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।