Wednesday, July 1News That Matters

म्याग्दीमा थप २ जनामा डेंगी संक्रमिण

पूर्णपुष्टि, बैशाख २५ गते । 

म्याग्दीमा थप दुई जनामा डेँगी संक्रमित फेला परेका छन् । हिमाली जिल्ला म्याग्दीमा दुई जनामा डेंगीको सङ्क्रमण पोजिटिभ पाइएको हो ।

उच्च ज्वरो आउनु, शरीरमा जाडो हुनु र जोर्नीहरु दुख्न थालेपछि ल्याब परीक्षण गर्दा उनीहरुमा डेंगी रोगको संक्रमण पोजिटिभ देखिएको बेनी अस्पतालले जनाएको छ ।

तनहुँ घर भएका हाल बेनी नगरपालिका–७ मंगलाघाट बस्ने २८ वर्षीय पुरुष र मंगला गाउँपालिका–१ कुहुँका २५ वर्षीय पुरुषमा डेंगी पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । अहिले उनीहरुको उपचार भैरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

म्याग्दीमा थप दुई जनामा डेंगी संक्रमण देखा परेपछि डेँगी संक्रमितको संख्या ७ पुगेको छ ।