Friday, May 8News That Matters

म्याद गुज्रेको औषधी बेच्ने गाईघाटका एक आयुर्वेध पसल सिल्ड

पूणर्पुष्टि, भदौ ११

मिति सकिएको औषधी बिक्रि वितरण गर्ने गाईघाटका एक आयुर्वेद पसललाई सिल्ड गरिएको छ । जिल्ला प्रशासन कार्यलय सहितको अनुगमन टोलीले शुक्रबार मिति सकिएको सामान सँगै गाईघाट स्थित त्रियुगा माविको पछाडी रहेको नमुना आयुर्वेद फार्मेशीलाई सिल्ड गरेको हो ।

जिल्ला प्रशासन कार्यलय, उद्योग बाणिज्य संघ, सगरमाथा अञ्चल आयुर्वेद औषधलय, खाद्य तथा गुण नियन्त्रण कार्यलय, नगर प्रहरी लगाएतको संयुक्त टोलीले सिल्ड गरेको हो ।

मोतिगडाका एक विरामी कविराज गजमेरले लगेको औषधीमा समय सकिएको मिति फेला परेपछि फार्मेशीलाई शिल्ड गरिएको हो । गजमेरले पहिलो चोटी र दोस्रो चोटी लगेको दुबै औषधीमा मिति सकिएको पक्ता लागेको छ ।

पहिलो चोटी लगेको महिलाले खाने सुन्दरी कल्प र दोस्रो पटक लगेको हिम्कोसिड दुवैमा पनि म्भाद सकिएको गजमेरले बताए । गजमेरले छोरीले मिति हेर्दा मात्रै थाहा पाएको बताए । पछिल्लो समय लगेको हिम्कोमिल भने उनले प्रयोग समेत गरिसकेका थिए ।

टोलीले म्याद सकिएको १० आइटमका औषधीहरु समेत जफत गरेका छन् । जफत भएका औषधी र पसललाई अनुस्धान गरी आवश्यक कार्वाही गर्ने जिल्ला प्रशासन कर्यालयले जनाएको छ ।
तस्बिरहरु