
पूर्णपुष्टि, वैशाख ४ ।
कोरोना भाइरसको संक्रमणप्रति उच्च सतर्कता अपनाउदै गाउँमा निगरानी बढाएको उदयपुरको कटारी नगरपालिका ३ हडैयाका स्थानीयले एक सवारी साधनले म्याद सकिएको सवारी बोकेको पास भेटेपछि नियन्त्रणमा लिए ।
अतिआवश्यक खाद्यन्न भन्ने व्यानर लेखेर चामल बोकेको ज १ ख ५८० नम्बरको मालवाहक ट्रकले म्याद दशदिन अगावै सकिसकेको पास बोहेर हिडेको पाएपछि स्थानीयले नियन्त्रणमा लिएको हो । उक्त ट्रकका चालकले इलाका प्रशासन कार्यालय कटारीले चैत २० देखि २४ सम्म ढुवानीको पास बोकेको पाइएको थियो । ट्रकलाई नियन्त्रण लिएपछि इलाका प्रहरी कार्यालय कटारीलाई खबर गरिएको स्थानीयले बताए ।
इप्रका कटारीका इन्चार्ज, प्रहरी नायव उपरिक्षक प्रेम सागर केसीले स्थानीयले खबर गरेपछि खाद्यन्नको गाडीलाई चल्न दिन मिल्ने भनेर छाडिदिन लगाएको बताउनुभयो ।
त्यहाँका बासिन्दाले गाउँमा अपरिचित मानिस वा सवारी साधनको चहलपहल रोक्नलाई सडकका नाकाहरुमा अवरोध खडा गरेका छन् । कोरोना संक्रमणप्रतिको उच्च सतर्कता अपनाउनु पर्ने भएपछि गाउँमा बाँस तेर्र्साएर सडकहरु अवरोध गरिएको उनीहरुले बताएका छन् ।
तस्विरहरू

(स्थानीय सम्बाददाता आशिस बस्नेतको सहयोगमा)
