Saturday, April 18News That Matters

म्याराथनको उपाधी भीमबहादुरलाई

भदौ २५ गते ।

आरुघाटका भीमबहादुर गुङले लिगलिगकोट सिरानचोक गोरखा दरवार खुल्ला म्याराथन दौड’ प्रतियोगिताको उपाधि चुमेको छ । ४२ किलोमिटर दुरीको म्याराथन ३ घण्टा १७ मिनेट २ सेकेण्डमा पार गर्दै पूर्व सैनिकसमेत रहेका गुरुङले उपाधी चुमेको हो ।

म्याराथनमा सहभागी १ सय १४ जनालाई पछि पार्दै उपाधी चुमेका गुरुङले नगद एक लाख ५० हजार पुरस्कार पाएका छन् । त्यस्तै ३ घण्टा १७ मिनेट ४५ सेकेण्डमा दुर पार गर्दै रुकुमका दुर्गाराज बुढा दोस्रो र ३ घण्टा ३० मिनेट २ सेकेण्डमा दुरी पार गर्दै रणवम दल गणका सविन तामाङ तेस्रो भएका छन् उनीहरुले एक लाख र ५० हजार रुपैयाँ पुरस्कार पाएछन् ।

दशौं स्थानसम्मका प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ । पालुङटार नगरपालिकाको लिगलिगकोटबाट शुरु भएको दौड सिरानचोक गाउँपालिकाको हर्मी, सिरानचोक हुँदै गोरखा नगरपालिकाको गोरखा दरबार पुगेर टुंगिएको थियो ।

नेपाली सेना, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा प्रतियोगिता भएको थियो । नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गर्दै पर्यटन प्रवर्द्धनमा सहयोग र्पुयाउने उद्देश्यले प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।