Monday, April 20News That Matters

यसपालिको दशैँमा कपडाको व्यापार बढी

उदयपुर, असोज १५ गते ।
उदयपुरमा दशैँको अन्तिम बुधबार सवै भन्दा बढी कपडाको व्यापार भएको छ । सदरमुकाम गाईघाट बजारमा दशैँका लागि अन्य वस्तु भन्दा बढी कपडाको व्यापार भएको हो ।
पहिलादेखि नै बुधबार हटिया लाग्दै आएकाको बजारमा दशैँको अन्तिम बुधबार मानिसहरुको उल्लेख्य चालहपहल रहेको थियो । नेपालीहरुको महान चाड दशैँ भएकाले दशैँका लागि बढी कपडाको व्यापार भएको उद्योग बाणिज्य संघ उदयपुरका प्रथम उपाध्यक्ष रमेश रसाईलीले बताए ।

गत वर्षहरुको तुलनामा तुलनात्मक रुपले व्यापार नभएपनि अरु बेलाको भन्दा राम्रो व्यापार भएको छ । सवै भन्दा बढी व्यापार भएको कपडा पछि खाद्य वस्तु, मासुका लागी खसी, जुत्ता चप्पल, सुन चाँदी लगायतका वस्तुको व्यापारमा सुधार आएको उपाध्यक्ष रसाईलीले बताए । भाउ बढेपछि व्यापारमा गिरावट आएको सुनमासमेत केहि सुधार आएको उनले बताए ।
केहि दिनदेखि लगातार परेको झरीले निराश भएका व्यापारीहरुको निराशापनलाई आजको व्यापारले चिरेको छ । गाउँ–गाउँमा साना तिना व्यापारीहरु पुगेकाले गाउँबाट विशेष दशैँका लागि गाईघाट बजार झर्ने क्रममा केहि कमि आएको उपाध्यक्ष रसाईलीले बताए ।
दशैँको अन्तिम बुधबार भएकाले सवै खालका व्यावसायमा मानिसहरुको उल्लेख्य भिडभाड लागेको थियो ।
फोटो फिचर